नुवाकोटको दुप्चेश्वरमा झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु, दुईजना पक्राउ
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ घेवारचौरमा बाबुछोराको झगडा छुट्याउने क्रममा झाँक्री रणे तामाङको मृत्यु भएपछि दुई जना पक्राउ परेका छन् ।

मंगलबार राति पौने ११ बजेतिर घेवारचौरमा तामाङको मृत्यु घटनापछि अनुसन्धानका लागि ५२ वर्षीय ओङ्दी शेर्पा र उनका छोरा २६ वर्षीय कुन्सा ग्याल्जेन शेर्पालाई बुधबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । ओङ्दी र कुन्साबीच छिमेकी चुङ्दी शेर्पाको घरमा झगडा भइरहेको थियो ।
झगडा छुट्टाउने क्रममा स्थानीय ३३ वर्षीय रणे तामाङको लडेर मृत्यु भएको भन्ने खबरपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार घटनाको मुचुल्कासहित आवश्यक प्रक्रिया पुर्याएपछि अभियुक्तद्वयलाई घरबाटै पक्राउ गरिएको हो । उनीहरुलाई आजै नुवाकोट जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसूरमा दिन ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी विक्रम लामाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको दुप्चेश्वरमा झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु, दुईजना पक्राउ
रसुवाको उत्तरी भेगमा हिमपात
नुवाकोटमा पनि हल्का वर्षा
नुवाकाेटमा निर्वाचन आचारसंहिता अनुमगनका लागि अनुमगन अधिकृत तोकियो
रसुवाको माथिल्लो क्षेत्रमा हिमपात





प्रतिक्रिया