नुवाकोटको दुप्चेश्वरमा झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु, दुईजना पक्राउ
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ घेवारचौरमा बाबुछोराको झगडा छुट्याउने क्रममा झाँक्री रणे तामाङको मृत्यु भएपछि दुई जना पक्राउ परेका छन् ।

मंगलबार राति पौने ११ बजेतिर घेवारचौरमा तामाङको मृत्यु घटनापछि अनुसन्धानका लागि ५२ वर्षीय ओङ्दी शेर्पा र उनका छोरा २६ वर्षीय कुन्सा ग्याल्जेन शेर्पालाई बुधबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । ओङ्दी र कुन्साबीच छिमेकी चुङ्दी शेर्पाको घरमा झगडा भइरहेको थियो ।
झगडा छुट्टाउने क्रममा स्थानीय ३३ वर्षीय रणे तामाङको लडेर मृत्यु भएको भन्ने खबरपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार घटनाको मुचुल्कासहित आवश्यक प्रक्रिया पुर्याएपछि अभियुक्तद्वयलाई घरबाटै पक्राउ गरिएको हो । उनीहरुलाई आजै नुवाकोट जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसूरमा दिन ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी विक्रम लामाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया