ठगीको आरोपमा नुवाकोटका थापा पक्राउ

विदुर खबर २०८२ माघ १३ गते २१:५०

नुवाकोट । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले नुवाकोटका एकजनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षीय कृष्णजी थापा रहेको प्रहरीले जनाएको छ ।

उनलाई काठमाण्डौबाट पक्राउ गरिएको हो ।

Advertisement

थापाले युएइ पठाउने भन्दै छ लाख ३० हजार लिएर फरार रहेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीको भनाइ छ।

Advertisement

प्रतिक्रिया