तारकेश्वरमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु
नुवाकोट । तारकेश्वरकै ठूलो खेलकुद उत्सवको रुपमा स्थापित भएको ’गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले उद्घाटन गरेका छन् । वडा नं १ को दाङसिङ जब्बरेचौरमा गाउँपालिकाद्वारा निर्मित दुबोसहितको आधुनिक खेलकुद रङ्गशालामा आयोजित प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले रङ्गशाला निर्माण गरी ’धुलोमा नभई दुबोमा खेलाउने’ आफ्नो संकल्प पुरा भएको भन्दै खुसी व्यक्त गरे ।
अध्यक्ष अधिकारीले रङ्गशालाका अतिरिक्त गाउँपालिकाको प्रशासकीय भवन अनेक अप्ठ्याराका बावजुद निर्माणको अन्तिम चरणमा पुगेको, १० सैयाको अस्पताल आफैंले शिलान्यास गरी द्रुत गतिमा निर्माण कार्य अघि बढिरहेको र दाङसिङ वासीको वर्षौं अघिदेखिको चाहना अनुरूप दाङसिङ माविमा १०+२ को कक्षा सञ्चालन गर्न सफल भएको स्मरण गर्दै आफूले लिएका संकल्प र प्रतिबद्धताहरूमा सम्पूर्ण लगाव र दृढताका साथ काम गरिरहेको बताए ।
अध्यक्ष अधिकारीले सबैलाई जोड्ने र सबैलाई चिनाउने सबैभन्दा उत्तम र शक्तिशाली माध्यम नै खेलकुद भएको बताउँदै युवावर्गको एकता, जागरण र सशक्तीकरणका लागि खेलकुदको विकास सदैव आफ्नो प्राथमिकतामा रहिआएको उल्लेख गरे ।
उनलेृ समृद्ध तारकेश्वरको अभियानमा आफू पूर्णरुपमा प्रतिबद्ध रहेको भन्दै सकारात्मक सोचका साथ सबै मिलेर विकासको अभियानमा हातेमालो गर्नुपर्नेमा जोड दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













तारकेश्वरमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु
गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा जाँदै कांग्रेस
शुक्रवारदेखि नेपालमा वर्षा हुने
रेशम चौधरीको उम्मेदवारी खारेज
रास्वपाले उठाएका उम्मेदवारमध्ये ४० प्रतिशत ४० वर्षमुनिका





प्रतिक्रिया