नुवाकोटमा दुई सिटका लागि ३१ जनाको उम्मेदवारी दर्ता

विदुर खबर २०८२ माघ ८ गते १८:४६

नुवाकोट । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि नुवाकोटको दुई सिटमा ३१ जनाको उम्मेदवारी परेको छ ।

Advertisement

नुवाकोटको क्षेत्र नम्बर १ मा सबैभन्दा बढी उम्मेदवारी मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटले जानकारी दिएको छ । यो क्षेत्रबाट दल र स्वतन्त्र गरी १८ जनाको मनोनयन दर्ता भएको छ । यो क्षेत्रबाट नेकपा (एमाले)का बद्री मैनाली, नेपाली काब्ग्रेसका डा. प्रकाशशरण महत, नेपाली कम्युनिस्ट पार्टीका हितबहादुर तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. विक्रम तिमिल्सिनाले उम्मेदवारी दर्ता गरे ।

त्यसैगरी, उज्यालो नेपाल पार्टीका अमित तामाङ, मब्गोल नेशनल अर्गनाइजेसनका कुमार रानामगर, श्रमसंस्ृकति पार्टीका दावा फेन्जु लामा तामाब, राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महेन्द्र तामाब, नेपाल मजदुर किसान पार्टीका रवीन्द्र डब्गोल, प्रगतिशील लोकतान्तिक पार्टीका राजन गौतम, मितेरी पार्टी नेपालका विवेक सिलवाल र जनता समाजवादी पार्टी नेपालका होमबहादुर राईको उम्मेदवारी दर्ता भएको छ ।

Advertisement

यो क्षेत्रबाट १३ दल र पाँच स्वतन्त्रले उम्मेदवारी मनोनयन दर्ता भएको छ । यस क्षेत्रबाट चेपे तामाब तादी– २, माधव थापा, पञ्चकन्या– ४, राजु थापा पञ्चकन्या– ३, रामेश्वर भण्डारी तादी– ४, सञ्जीव गुरुब शिवपुरी– ४ ले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

नुवाकोटको क्षेत्र नम्बर २ बाट १३ दलका १३ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा.अचुत्तम लामिछाने,नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का किरण तिमिल्सिना, नेकपा (एमाले)का केशवराज पाण्डे, नेपाली काब्ग्रेसका जगदीश्वरनरसिंह केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका झनक प्याकुरेल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का नवराज ढुब्गाना, आम जनता पार्टी (एकल चुनाव चिह्न) का मानसिंह दाइली, प्रगतिशील लोकतान्तिक पार्टीका रजमान तामाब, मब्गोल नेसनल अर्गनाइजेसनका रेन्छेन तामाब, श्रम संस्कृति पार्टीका विनोदकुमार तामाब, नेपाल मजदुर (किसान पार्टी) का सुवास भट्ट, नेपाली कम्युनिस्ट पार्टीका हरानाथ खतिवडा, उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घलेले मनोनयन दर्ता गराएका छन् ।

Advertisement

प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने संवैधानिक बाध्यता भए पनि नुवाकोटमा कुनैपनि राजनीतिक दलहरूले प्रत्यक्षमा महिला उम्मेदवार उठाएनन् ।

प्रतिक्रिया