भुईमान्छेहरुको समस्या उठान गर्न मेरो उम्मेद्धवारी : महेन्द्र तामाङ

विदुर खबर २०८२ माघ ७ गते २१:५९

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेद्वार महेन्द्र तामाङले वास्तविक जनताको समस्या उठान गर्नका निम्ति उम्मेदवारी दिएको बताएका छन् ।

Advertisement

विदुर खबरसँग कुराकानी गर्दे तामाङले भुईमान्छेहरुको समस्या उठान गर्दे जनताको जनजीविका हल गर्न आफुले उम्मेद्धवारी दिएको बताए । विद्यार्थी राजनीति हुँदै नेकपा माओवादीको केन्दिय सदस्य तथा नुवाकोट इन्चार्ज समेत रहेका उनी नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर ३ सिम्लेका हुन् । २०५७ सालदेखि हल्देकालिका माविबाट तत्कालिन माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीतिमा संलग्न भएका उनले ग्रामिण आर्दश बहुमुखी क्याम्पसबाट माओवादीको राजनीतिमा होमिएका थिए ।

तामाङले पछिल्लो समय राष्ट्रियता संकटमा परेको भन्दै सम्पुर्ण देशभक्तहरु एकजुट हुनुपर्ने र देशलाई निकास दिलाउन नुवाकोट क्षेत्र नम्बर १ का जनताले आफुलाई मतदान गर्नुपर्नेमा जोड दिए । उनले जेनजी युवापुस्ताको संविधान शंशोधन र पुर्नलेखनको माग पनि आफ्नो र पार्टीको आधिकारीक माग भएकोले नुवाकोटे जनताले आफुलाई स्थापित गराउने विश्वास व्यक्त गरे ।

नुवाकोट क्षेत्र नम्बर १ मा नेकपा माओवादीको तर्फबाट उम्मेद्धवारी दर्ता गराउँदै तामाङ ।
Advertisement

फरक प्रसंगमा उनले आगामी निर्वाचनले राष्ट्र र जनताको पक्षमा काम नगर्ने हो कि भन्ने समेत आशंका व्यक्त गरे । उनले अहिलेको सरकारको गतिविधिले निर्वाचनको सवालमा प्रश्न खडा गरिरहेको बताए ।

आफुहरुले राजनीतिसँगसँगै व्यवसायीक खेती पनि गरिरहेकोले किसानमुखी कार्यक्रम आफ्नो पार्टीले ल्याउने बताए । पार्टीको घोषणापत्र छिट्टै सार्वजनिक हुँदै छ त्यसमा वास्तविक किसान र भुईमान्छेहरुको मुद्धा हामिले समेट्ने छौ उनले भने ।

Advertisement

तामाङले अहिलेको वतृमान अवस्थमा राष्ट्रिय स्वाधिनता बचाउन आफु र आफ्नो पार्टीलाई जिताउन समेत आग्रह गरे ।

प्रतिक्रिया