नुवाकोट-२ मा कांग्रेसले केसीलाई उम्मेदवार बनायो

विदुर खबर २०८२ माघ ५ गते २१:०२

नुवाकोट । नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर २ मा जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनाएको छ ।

Advertisement

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेका छन् ।

सोही क्रममा कांग्रेसले नुवाकोट–२ मा केसीलाई उम्मेदवार बनाएको हो । क्षेत्र नम्बर १ मा भने कांग्रेसले प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ ।

Advertisement

नुवाकोट–२ मा अघिल्लो निर्वाचनमा अर्जुन नरसिंह केसी निर्वाचित भएका थिए । अर्जुन यसपटक कांग्रेसको समानुपातिक सूचीमा छन् । उनी खस आर्य पुरुषतर्फको एक नम्बरमा छन् ।

प्रतिक्रिया