रास्वपा नुवाकोटमा पाण्डे समुहको विद्रोह
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटमा विद्रोह हुने भएको छ ।

विगत चार वर्षदेखि गाउँबस्तीमा डुल्दै र जनताको सुख र दुःखमा साथ रहँदै आउनुभएको सुमन पाण्डे र डा प्रधुम्न महतले टिकट नपाएपछि विद्रोहको तयारी भएको हो ।
नुवाकोटमा रास्वपाको संगठन विस्तारमा महत्वपूर्ण योगदान गरेका पात्रहरू नै टिकटबाट बञ्चित भएको भन्दै विद्रोहको तयारी भएको हो । रास्वपामा उपसभापति डोलप्रसाद अर्यालका कारण नुवाकोटमा जितिसकेको चुनाव गुम्ने अवस्था आएको भन्दै धेरै नेता र कार्यकर्ताले चिन्ता गरेका छन । कतिपयले केन्द्रीय कार्यालयमा गएर दबाब दिने बताए पनि निर्णय परिवर्तनको सम्भावना नभएको बुझिएको छ ।
यता रास्वपाले टिकट नदिएपछि पाण्डे भने उज्यालो नेपाल पार्टीबाट उम्मेदवार हुने सम्भावना बढेको छ । दुबै दलका नेताहरूको अनुसार उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ र पाण्डेको संवाद भएको छ । दुबैले मिलेर जान सकिने विषयमा कुराकानी गरेको भए पनि निर्णय भने हुन बाँकी रहेको छ ।
यतिखेरसम्म नुवाकोटमा एमालेबाट केशवराज पाण्डे, रास्वपाबाट अच्युतम लामिछाने, नेकपाबाट हिरानाथ खतिवडा र नेपाली कांग्रेसबाट जगदिश्वरनरसिंह केसी उम्मेदवार हुने करिब निश्चित छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटमा रास्वपाबाट तिमिल्सिना र लामिछाने टिकट पाए
रास्वपाबाट नुवाकोट १ मा तिमिल्सिना उम्मेदवार
नुवाकोटमा कांग्रेसबाट महत र केसीले चुनाव लड्ने
आशिका तामाङले रास्वपाबाट धादिङ १ मा चुनाव लड्ने
रास्वपा नुवाकोटमा पाण्डे समुहको विद्रोह





प्रतिक्रिया