नुवाकाेटमा एमालेका उम्मेदवार तोकिए
विदुर खबर
२०८२ माघ ४ गते २१:३३
नुवाकाेट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय हुन थालेपछि नुवाकाेटमा चुनावी माहोल बढ्दै गएको छ।

दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा क्षेत्र नम्बर १ मा बद्री मैनाली र क्षेत्र नम्बर २ मा केशव पाण्डे उम्मेदवार भइसकेका छन्। शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले मैनाली र पाण्डेलाई उम्मेदवार तोकेको हो ।
एमालेले पहिलो पटक पार्टीका केन्द्रिय सदस्य समेत रहेका पाण्डेलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो ।
यस्तै नेकपा एमाले नुवाकोटका अध्यक्ष समेत रहेका मैनाली यसअघि २०७९ सालमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा समेत चुनाव लडेका थिए ।
जिल्ला कमिटी र बागमती प्रदेश कमिटीले सिफारिस गरेका दुबै जनालाई केन्द्रीय सचिवालयले उम्मेदवार चयन गर्ने निर्णय गरेको हो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया