नुवाकाेटमा एमालेका उम्मेदवार तोकिए
विदुर खबर
२०८२ माघ ४ गते २१:३३
नुवाकाेट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय हुन थालेपछि नुवाकाेटमा चुनावी माहोल बढ्दै गएको छ।

दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा क्षेत्र नम्बर १ मा बद्री मैनाली र क्षेत्र नम्बर २ मा केशव पाण्डे उम्मेदवार भइसकेका छन्। शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले मैनाली र पाण्डेलाई उम्मेदवार तोकेको हो ।
एमालेले पहिलो पटक पार्टीका केन्द्रिय सदस्य समेत रहेका पाण्डेलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो ।
यस्तै नेकपा एमाले नुवाकोटका अध्यक्ष समेत रहेका मैनाली यसअघि २०७९ सालमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा समेत चुनाव लडेका थिए ।
जिल्ला कमिटी र बागमती प्रदेश कमिटीले सिफारिस गरेका दुबै जनालाई केन्द्रीय सचिवालयले उम्मेदवार चयन गर्ने निर्णय गरेको हो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा एमालेका उम्मेदवार तोकिए
हर्क साम्पाङले दिए मेयर पदबाट राजीनामा
वामदेव समूह आक्रोशित, नेकपाका १२ केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा
बागमतीमा एमालेले टुंग्यायो २८ उम्मेदवार
बालेन अब रास्वपाकाे वरिष्ठ नेता,गरे पदभार ग्रहण





प्रतिक्रिया