तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु

विदुर खबर २०८२ माघ २ गते १५:३३

नुवाकोट । नुवाकोटको तादी गाउँपालिकामा जिल्लास्तरीय वडा कप भलिवल प्रतियोगिता शुरु भएको छ ।

Advertisement

तादी गाउँपालिका वडा नम्बर ४ को कार्यालयको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन पुर्व अर्थमन्त्रि डा. प्रकाशशरण महतले गरेका हुन् । प्रतियोगितामा नुवाकोटको विभिन्न गाउँपालिकाका २० ओटा टिमको सहभागिता रहेको तादी गाउँपालिका वडा नम्बर ४ को कार्यालयलृ जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँसहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता सुन्दरा माध्यामिक विद्यालयको मैदानमा भइरहेकाे छ ।

Advertisement

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै डा. महतले नुवाकोट पछिल्लो समय विकसित हुँदै गएपनि गाउँगाउँमा पक्की सडक निर्माण हुनुपर्ने बताए ।

उनले आफु अर्थमन्त्रि हुँदा गंगटे समुन्द्रटार गोल्फभञ्याङ सडकको बजेट बिनियोजन गरेको बताए ।
डा. महतले आफलेु नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव नलडे पनि निरन्तर काम गरिरहेको बताए । महतले आगामी फागुन २१ गते निर्वाचन हुने बताउँदै कुरालाई नभई काम गर्ने मान्छे रोज्न आग्रह गरे ।

Advertisement

वडा अध्यक्ष अश्मिनकुमार पाण्डेको अध्यक्षता भएको भलिवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ,लिखु गाँउपालिकाका अध्यक्ष ध्रुब श्रेष्ठ, तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल ,पञ्चकन्या गाउँपालिका उपाध्यक्ष विमला केसी, तादी गाउँपालिकाको निबर्तमान अध्यक्ष नारायण प्रसाद पाण्डे ,दुप्चेश्वर गाउँपालिकाका निवर्तमान अध्यक्ष योविन्द्र सिंह तामाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया