नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन

विदुर खबर २०८२ पुष २९ गते ११:५५

नुवाकोट । नेपाली साझा मञ्च, साउदीको अध्यक्षमा नुवाकोटको बिदुर नगरपालिका नम्बर १३, देउडीका अन्जान गुभाजु पुनः चयन भएका छन् ।

Advertisement

मञ्चको नवगठित कार्यसमितिमा प्रमुख संस्थागत संरक्षक कृष्ण पुरी, संरक्षक विष्णु घिमिरे, र प्रमुख सल्लाहकार अकल प्रधान रहेका छन् । उपाध्यक्षमा राजु केसी र भरत पौडेल, महासचिवमा तेजबहादुर सिलवाल (सिन्धुली), सचिवमा बिपुल ढुङ्गाना, र कोषाध्यक्षमा डिबी बलामी मगर चयन भएका छन् ।

सदस्यहरूमा प्रनिशा रिमाल, राज जैरु, पुन्य प्रसाद घिमिरे, टी.बी. कुबर, गङ्गाराम तामाङ, कृष्ण गिरी, नेत्र न्यौपाने, समर्पण रमदान मिया, प्रेम बोहोरा, जगदिश खनाल, खड्ग तामाङ र सोम ब बिके रहेका छन् भने सल्लाहकारहरूमा टिकाराम पाण्डे र नागेश तामाङ नियुक्त हुनुभएको छ।

Advertisement

अधिवेशनले २०२६–२०२८ कार्यकालका लागि अन्जान गुभाजुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । पुनः अध्यक्षमा चयन भएपछि गुभाजुले श्रमिकहरूका लागि बचत, बैंक खाता, डिम्याट, निःशुल्क श्रम नवीकरण, अनलाइन सेवा तथा सामाजिक सुरक्षा कोष सम्बन्धी विषयमा मञ्चले समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

गुभाजु बैदेशिक रोजगारीसँगै सञ्चार तथा सामाजिक अभियानमा सक्रिय रहँदै आएका छन्। उनले साउदी अरबमा रहेका नेपाली श्रमिकहरूको समस्या, उद्धार, राहत तथा सामाजिक सचेतनाका विषयमा निरन्तर कलम चलाउँदै आएका छन्।
‘देशको लागि केही गरौँ’ भन्ने मूल नाराका साथ साउदी अरबमा क्रियाशील सामाजिक संस्था नेपाली साझा मञ्च, साउदीले आयोजना गरेको उक्त कार्यक्रम रियादस्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा दूतावासका प्रतिनिधि, विभिन्न संघ–संस्थाका अगुवा तथा साउदीमा कार्यरत ठूलो संख्यामा नेपाली समुदायको उपस्थिति रहेको थियो।

Advertisement

हालसम्म मञ्चका गतिविधिबाट करिब १५ हजारभन्दा बढी नेपालीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले नेपाली साझा मञ्चले श्रमिक हितमा खेलेको भूमिकाको प्रशंसा गर्दै साउदी अरबको कानुनी संवेदनशीलताप्रति सचेत रहन आग्रह गरे । उनले दूतावास सधैँ नेपाली श्रमिकको हक–हित र संरक्षणका पक्षमा रहेको स्पष्ट पारे ।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका तुलसी छेत्रीले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध पारेकी थिइन् ।

प्रतिक्रिया