नुवाकोट क्षेत्र नं १ मा रास्वपाबाट उम्मेद्वार बन्ने तिमिल्सिनाको तयारी
नुवाकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेद्वार बन्न डा. विक्रम तिमिल्सिनाले आकांक्षा व्यक्त गरेका छन् ।

डा. तिमिल्सिना हाल रास्वपाको केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा कार्यरत रहँदै पार्टीभित्र निरन्तर उत्कृष्ट, जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन् । पार्टीको वैचारिक विस्तार, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण तथा संगठन मजबुत बनाउने कार्यमा उनी सक्रिय रहँदै आएका छन् ।
पछिल्लो समय देशभर देखिएको जेन्जी आन्दोलन सुशासन, पारदर्शिता र उत्तरदायी राजनीतिप्रति युवाहरूको बढ्दो चाहनाको प्रतीकका रूपमा लिइन्छ । यही चाहनासँग डा. तिमिल्सिनाको राजनीतिक दृष्टिकोण स्पष्ट रूपमा मेल खाने बताइन्छ। विशेषतः युवापुस्ताको आवाज, अवसर र भविष्यलाई केन्द्रमा राखेर अघि बढ्ने सोचका कारण उहाँप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ।
शिक्षित, इमानदार र सेवामुखी छविका कारण डा. तिमिल्सिना पार्टी पंक्तिमात्र होइन, नुवाकोटका आम नागरिकबीच पनि आशालाग्दो नेताका रूपमा चिनिँदै आएका छन् । अन्तर्राष्ट्रिय अनुभव, नीतिगत बुझाइ र संगठनप्रतिको प्रतिबद्धताका आधारमा उहाँको सम्भावित उम्मेद्वारीले नुवाकोट–१ को राजनीतिमा नयाँ बहस, ऊर्जा र भरोसा थप्ने अपेक्षा गरिएको छ।
रास्वपाले अघि सारेको वैकल्पिक राजनीतिलाई मजबुत बनाउँदै जेन्जि आन्दोलनको भावनालाई संस्थागत राजनीतिमा रूपान्तरण गर्न सक्ने नेतृत्वका रूपमा डा. तिमिल्सिनालाई हेरिएको छ। डा. तिमिल्सिना पेशाले राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ हुन्। उनले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (PhD) हासिल गरेका छन्।
नेपालमा भारत, चीन र अमेरिकाको हस्तक्षेप र त्यसले नेपालको राजनीति र शान्तिप्रकृयामा पारेको प्रभावबारे उनले आफ्नो विद्यावारिधीमा अनुसन्धान गरेका हुन्। उनले युनिभर्सिटी अफ क्वीन्सल्याण्डबाट अन्तर्राष्ट्रिय अध्ययनमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका हुन्। उनका अध्ययन, अनुसन्धान र लेखनहरू राजनीति, शासन प्रणाली, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा केन्द्रित रहेका छन्।
शैक्षिक क्षेत्रसँगै डा. तिमिल्सिनाले झण्डै १५ वर्ष विभिन्न शैक्षिक संस्थामा अध्यापन तथा अनुसन्धानको अनुभव हासिल गरेका छन्। साथै उनले एक दशक रेडियो सगरमाथामा कार्य गर्दै सार्वजनिक बहस र समसामयिक विषयमा जनचेतना अभिवृद्धि गर्ने काम गरेका थिए। डा. तिमिल्सिनाले विभिन्न रेडियो, टेलिभिजन तथा अन्य सञ्चारमाध्यममार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिका विषयमा कयौं अन्तरवार्तामार्फत बहस गर्दै आएका छन्।
विदेशमा अध्ययन पूरा गरेपछि पनि आरामदायी जीवन र पेशागत अवसर हुँदाहुँदै डा. तिमिल्सिनाले सन् २०२२ मै नेपाल फर्किने निर्णय गरेका थिए। “देशका लागि केही गर्नुपर्ने जिम्मेवारीबोधले नै मलाई फर्कायो,” उनी नजिकका सहयोगीहरूमाझ भन्ने गरेका छन्। नेपाल फर्किएपछि उनले सन् २०२३ मा एशियन इन्स्टिच्युट फर एड्भान्स्ड रिसर्च (AIFAR) स्थापना गरी अनुसन्धान र नीतिगत छलफलमार्फत देशको बौद्धिक र नीतिगत क्षेत्रमा योगदान दिँदै आएका छन्।
उनले महिला, अपाङ्गता भएका व्यक्ति, युवा र अन्य सीमान्तकृत समुदायको समावेशीकरणलाई आफ्नो अनुसन्धान र वकालतको मुख्य विषय बनाउँदै आएका छन्।
साथै, उनी नुवाकोट क्षेत्र नं १, लिखु ४, चौघडास्थित क्षेत्रपाल माध्यमिक विद्यालयसँग सम्बद्ध क्षेत्रपाल अलम्नाइ एसोसिएशनको अध्यक्षका रूपमा विद्यालय विकास, शैक्षिक गुणस्तर सुधार र समुदाय–विद्यालय सहकार्य मजबुत बनाउने काममा पनि सक्रिय छन्।
नुवाकोट–१ बाट प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेद्वार बन्ने आकांक्षाको सन्दर्भमा डा. तिमिल्सिनाले राजनीति सेवा र उत्तरदायित्वको क्षेत्र हुनुपर्छ भन्ने मान्यता अघि सारेका छन्। भ्रष्टाचार, नातावाद–कृपावाद र राजनीतिलाई व्यक्तिगत फाइदाको साधन बनाउने संस्कृतिका विरुद्ध दृढ अडान राख्दै उनले इमानदार, समावेशी र नीतिमा आधारित राजनीतिलाई संस्थागत गर्ने लक्ष्य लिएका छन्।
पार्टी स्रोतका अनुसार, डा. तिमिल्सिनाको उम्मेद्वारीले नुवाकोट–१ मा युवापुस्ताको सहभागिता बढाउने, वैकल्पिक राजनीतिप्रति विश्वास सुदृढ गर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीको सुधारमुखी एजेन्डालाई स्थानीय तहमा प्रभावकारी रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोट क्षेत्र नं १ मा रास्वपाबाट उम्मेद्वार बन्ने तिमिल्सिनाको तयारी
शिवपुरी अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
नयाँ वर्ष सन् २०२६ सुरु
आज १३ औँ राष्ट्रिय टोपी दिवस मनाइँदै
पेट्रोलको मूल्य ४ रुपैयाँले घट्यो





प्रतिक्रिया