नुवाकाेट क्षेत्र नं १ मा प्रचण्डको नाम सिफारिस

विदुर खबर २०८२ पुष १० गते २१:१८

नुवाकाेट । नेपाली कम्युनिष्ट पार्टी नुवाकोटले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोट क्षेत्र नम्बर १ मा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम सिफारिस गरेको छ ।

Advertisement

नेपाली कम्युनिस्ट पार्टी नुवाकोटको बिहिबार वसेको कार्यदल बैठकले प्रचण्ड सहित २ जनाको नाम क्षेत्र नम्बर १ बाट सिफारिस गरेको हो ।

सिफारिसको पहिलो नम्बरमा प्रचण्ड रहेका छन् भने दोस्रो नम्बरमा हितबहादुर तामाङको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर १ बाट सामानुपातिकमा पुष्प लामिछाने, गमला श्रेष्ठ र शिव खातीको नामा सिफारिस गरिएको छ ।

Advertisement

नुवाकोट क्षेत्र नम्बर २ बाट भने ५ जनाको नाम सिफारिस गरिएको छ । सिफारिसको पहिलो नम्बरमा राजेन्द्र लोहनीको नाम रहेको छ भने दोस्रोमा हिरानाथ खतिवडाको नाम सिफारिस गरिएको छ । यस्तै सिफारिस परेका अन्यमा राजकुमार रेग्मी, सुभद्रा नेपाल र प्रकाश रैला रहेका छन् ।

यस क्षेत्रबाट सामानुपातिकमा गोविन्द नेपाली, मिना वाईवा र सुवास तामाङको नाम सिफारिस गरिएको छ ।

Advertisement

प्रतिक्रिया