नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो

विदुर खबर २०८२ मंसिर २२ गते २१:२२

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा पेस्तोल फेला परेको छ ।

Advertisement

ककनी गाउँपालिका वडा नम्बर २ बन्चरेडाँडा स्थित ल्याण्ड फिल्ड साइडको फोहोरमा एक थान बेवारिसे अवस्थाम ठुलो चाईनिज पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

सोमवार बिहान ८ बजे ल्याण्डफिल्ड साइडको फोहोरमा बेवारिसे पेस्तोल देखिएपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए ।

Advertisement

पेस्तोल भेटिएको सूचनाको आधारमा प्रहरी अधिकृत सहितको टोलीले पेस्तोल बरामद गरि अनुसन्धान शुरु गरेको छ ।
पेस्तोलको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया