ब्लोदान नुवाकोटको अध्यक्षमा ढुङ्गाना
नुवाकोट । ब्लड डोनर्स एसोशिएसन नेपाल (ब्लोदान) नुवाकोटको अध्यक्षमा ईश्वर प्रसाद ढुङ्गाना चयन भएका छन् ।

शनिवार बट्टारमा भएको प्रथम जिल्ला अधिवेशनले ढुङ्गानाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कृष्णप्रसाद पन्त निर्वाचित भएका छन् भने सचिवमा बादलमान श्रेष्ठ चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा शिल्पा तामाङ चयन भएकी छिन् भने सहसचिवमा महेन्द्र लामिछाने निर्वाचित भएका छन् ।
समितिको सदस्यहरुमा दामोदर बस्नेत, कैलाश श्रेष्ठ, सन्तोष श्रेष्ठ, प्रकाश गजुरेल, मदनमण्ी पोखरेल र विनोद कुमार तामाङ रहेका छन् । यस्तै सल्लाहकारमा अध्यक्ष श्रीराम श्रेष्ठलाई चयन गरिएको छ।

यसअघि ब्लोदान नुवाकोटको प्रथम अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस नुवाकोटका सचिव तथा नुवाकोट आर्दश बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले नुवाकोटमा विभिन्न संघ संस्थाहरुले रत्तदान कार्यक्रम गरिरहे रत्तदाताहरुलाई प्रोत्साहन गर्न नसकिएको बताए ।

उनले ब्लड नुवाकोटमा स्थानिय निकायमार्फत रेडक्रसले निशुल्क रगत्तको व्यवस्था गरेको भन्दै खुशी व्यक्त गरे । उनले जिल्लामै रेडक्रसले ब्लड बैंक स्थापना गरेको र त्यसलाई संस्थागत रुपमा अगाडी बढाउने काम भइरहेको बताए । अध्यक्ष श्रेष्ठले ब्लड डोनर्स एशोसिएशनले रत्तदान कार्यक्रम गर्ने र गराउने दुबैलाई प्रशिक्षण दिएर बढी भन्दा बढी रगत संकलन गर्नुपर्ने बताए ।
कार्यक्रममा ब्लड डोनर्स एशोसियसन नेपालका महासचिव मचाकाजी मर्हजन, बृद्धिजीवि परिषद नुवाकोटका अध्यक्ष मोतिराम न्यौपानेले नुवाकोटका जनताले सहज रुपमा रगत पाउने वातावरण निर्वाचित कार्यसमितिले पाउने विश्वास व्यक्त गरे ।

ब्लड डोनर्स एशोसिएशन नेपालले विगत तीन दशकदेखि निरन्तर रूपमा रगत आवश्यक पर्ने विरामीहरूलाई सहज रूपमा उपलब्ध गराउँदै आइरहेको छ ।
यसले स्वयंसेवी रक्तदाता तथा रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरूको छाता संगठनको रूपमा काम गर्दै आइरहेको छ ।
रगतको अभावमा कुनै पनि विरामीको अकालमा मृत्यु नहोस् भन्ने मूल नारालाई सार्थक बनाउन ‘विना शोधभर्ना रगत उपलब्ध गराउन स्वयंसेवी रक्तदान अभियानमा सरीक होऔं’ भन्ने नाराका साथ रगत तथा रक्तदानको क्षेत्रमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ब्लोदान नुवाकोटको अध्यक्षमा ढुङ्गाना
एमालेमा ओली पक्षसँग भौतिकरुपमै भिड्ने तयारीमा पोखरेल समुह
बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी एमाले भन्दा ठूलो दल बन्यो
नुवाकोटमा लोकप्रियता बढाउँदै डा. प्रकाश महत
रसुवामा एक वृद्धको भिरबाट लडेर मृत्यु





प्रतिक्रिया