विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा पुन : श्रेष्ठ

नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा पुन संजीव बहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिवार भएको संस्थाको नवौँ अधिवेशनको निर्वाचनको मत गणनाको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा संजीव बहादुर श्रेष्ठ भारी मतले अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठ नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट चुनाव लडेका थिए । अध्यक्षमा निर्वाचित भएका उनले उनले १ हजार ३ सय ७० मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी हरिशरण गजुरेलले ७ सय ३७ मत प्राप्त गरे । गजुरेलको प्यानललाई नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपाको समर्थन थियो । उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्वाचित भए । उनले १ हजार ६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नविन प्रधानले ९ सय ६९ मत पाए ।

सचिवमा रघुनाथ रिमाल १ हजार ६१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अच्चुतराज महन्त गिरीले ९ सय २२ मत प्राप्त गरे ।
कोषाध्यक्षमा अम्बिका चित्रकार खनालले १ हजार १ सय ६७ मतसहित विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी संगीता कोइरालाले ८ सय २५ मत प्राप्त ल्याइन् ।
महिला सदस्यतर्फ सिता अधिकारी र बिन्दाकुमारी सडौला निर्वाचित भएका छन् । अधिकारीले एक हजार एकसय ३ मत प्राप्त गरिन भने सडौलाले एक हजार ८५ मत प्राप्त गरिन् ।
त्यस्तै सदस्यमा शंकर पाण्डे, दिपक कुमार तिमिल्सिना र गोबिन्दबहादुर अधिकारी निर्वाचित भएका छन् । पाण्डेले एक हजार ६६ मत प्राप्त गरे भने तिमिल्सेनाले एक हजार ४४ र अधिकारीले ९ सय ४५ मत पाए ।
झण्डै ३ हजार ६ सय ६५ मतदाता रहेको निर्वाचनमा २ हजार ३ सय ४६ मत खसेको थियो । खसेको मतमध्ये एकसय एक मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा पुन : श्रेष्ठ
विदुर खानेपानीको अध्यक्षमा संजीव श्रेष्ठ भारी मतले विजयी
नेकपा पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैन : प्रचण्ड
बसिर अहमदको चमकदार अर्धशतकमा विराटनगरले कर्णालीलाई हरायो
पूर्वएआईजी विश्वराज पोखरेल रास्वपा प्रवेश





प्रतिक्रिया