यू–१४ फुटबल प्रतियोगिताको उपाधी अर्किडले उचाल्यो

विदुर खबर २०८२ मंसिर ४ गते १०:२०

नुवाकोट । नुवाकाेटकाे बट्टारमा जारी यू–१४ छात्र/छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिताकाे उपाधि अर्किड एकेडेमीले उचालेकाे छ ।

Advertisement

मंगलवार सम्पन्न भएकाे फाइनलमा छात्र तथा छात्रा दुवैकाे फाइनलमा विजयी हुँदै अर्किड विजेता बनेकाे हाे । छात्रातर्फ अर्किडले चन्द्रज्योति माध्यमिक विद्यालयलाई १-० गोलको अन्तरले पराजित गरेकाे थियाे भने छात्रतर्फको अर्किडले रणभुवनेश्वरी माध्यमिक विद्यालयलाई टाइब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेकाे हाे ।

निर्धारित समयमा दुवैले समान २/२ गोल गरेपछि खेल टाइब्रेकरमा गएकाे थियाे । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका अर्किडका सन्जित कुमाल म्यान अफ दि म्याच घोषित भए । त्यस्तै, अर्किडकै सन्जोग कुमाल उत्कृष्ट खेलाडी घोषित भए।

Advertisement

रणभुवनेश्वरीका विजय माझी उदियमान खेलाडी र महेन्द्र माविका विवेक तामाङले सर्वाधिक गोलकर्ता भए । त्यस्तै रणभुवनेश्वरीकै सिरिस माझी उत्कृष्ट गोलरक्षक भए ।

विजेता तथा उपविजेतालाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

Advertisement

कत्तिक २१ गतेदखि मङ्सिर २ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा १६ संस्थागत र सामुदायिक विद्यालयका छात्रा र छात्र गरि कुल २० समुहले सहभागिता जनाएको छ ।

प्रतियाेगिताकाे विजेता टाेली प्रदेशस्तरीय प्रतियाेगिताकाे लागि छनाेट भएकाे छ ।

प्रतिक्रिया