माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा

विदुर खबर २०८२ कार्तिक १८ गते २१:११

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १० मा रहेको सिंहदेवि आधारभूत विद्यालयदेखि माथिल्लो महभीर जाने सडक संचालनमा ल्याउनको लागि विदुर नगरपालिका यति वेला लागि परेको छ ।

Advertisement

विदुर नगरपालिकाको हेभी उपकरण सहितको जनशक्ति परिचालन गरेर सो सडकको ट्रयाक संचालनमा आउँन लागेको हो ।

विरामी पर्दा एम्बुलेन्स समेत जान सक्ने अवस्था नभएकोले नगरपालिकाको स्रोत र साधन प्रयोग गरेर तल्लो महभीरबाट माथिल्लो महभिर जोड्ने ट्रयाक खोलिएको नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनले तल्लो महभिरमा ठुलो पहिरो जाँदा सडक संजालको पहँचबाट वाहिर रहेकोले नगरपालिकाले माथिल्लो महभीरबाट तल्लो महभिरसम्म सडक संचालनमा ल्याउन लागेको बताए ।

त्यस्तै विदुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गणेश नेपालले स्थानियको सहयोग र सक्रियताले माथिल्लो महभीर र तल्लो महभिरमा सडक संजाल जोडिएको बताए ।

Advertisement

उनले तल्लो सडक बन्द हुँदा समेत बिचको बाटोबाट आवजजावत गर्न सहज हुने बताए ।

लगातारको वर्षापछि आएको पहिरोको कारण तल्लो महभिरमा जाने सडक विगत लामो समयदेखि अवरुद्ध भएपछि नगरपालिकाले हेभी उपकरण सहितको जनशक्ति परिचालन गरेर ट्रयाक संचालनमा ल्याउन लागेको हो ।

प्रतिक्रिया