नुवाकोटको तादी खोलामा पौडी खेल्न गएका युवकको मृत्यु
विदुर खबर
२०८२ कार्तिक १ गते १८:४८
नुवाकोट । नुवाकोटको तादी खोलामा पौडी खेल्न गएका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाण्डौको टोखा नगरपालिका वडा नम्बर ३ वस्ने समिर बाँनिया रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
शनिवार विहान तादी गाउँपालिका वडा नम्बर ५ आप्रस्थित तादी खोलामा पौडी खेल्ने क्रममा उनी डुबेर सक्त घाईते भएका थिए ।
उनलाई स्थानिय एक मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डौका ग्रान्डी अस्पताल लगिएको थियो । त्यसै समयमा उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा काठमाण्डौमा रहेको ग्रान्डी अस्पतालमा दिउँसो करिव ४ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया