नुवाकोटमा प्रहरी दिवस विविध कार्यक्रम गरि मनाइयो

विदुर खबर २०८२ असोज २९ गते १८:२१

नुवाकोट । नुवाकोटमा ७० औं प्रहरी दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।

Advertisement

नागरीक प्रहरी सहकार्य, सुरक्षाको लागी अपरिहार्य” भन्ने मुल नाराका साथ बुधवार जिल्ला प्रहरी कार्यालय नुवाकोटले विविध कार्यक्रम गरि मनाइएको हो ।

दिवसको अवसर पारेर बिदुर २ मा रहेको रुद्रेश्वर महादेव मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरिएको छ भने अन्य प्रहरी कार्यालयहरुबाट समेत नजिक रहेको मठ, मन्दिर, सार्वजनिक स्थल सरसफाई कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

त्यस्तै त्रिशुली अस्पताल र नेपाल रेडक्रस सोसाइटी नुवाकोटको समन्वयमा प्रहरी कर्मचारीहरुको स्वास्थ्य चेकजाँच गरिनुका साथै २७ जना प्रहरी कर्मचारीहरु तथा स्थानिय गरी २९ जनाले रत्तदान गरेका छन् ।

त्यस्तै बिदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको ज्येष्ठ नागरिक सेवा आश्रममा फलफुल वितरण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाले जाकनारी दिए ।

Advertisement

प्रतिक्रिया