रेडक्रस तारुका उपशाखाको भवनलाई थप सहयोग गर्ने अधिकारीको घोषणा
विदुर खबर
२०८२ असोज २५ गते २१:०२

नुवाकोट । तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले नेपाल रेडक्रस सोसाइटी तारुका उपशाखाको भवनलाई थप सहयोग गर्ने बताएका छन्
।

शनिवार नेपाल रेडक्रस सोसाइटी नुवाकोट तारुका उपशाखाले आयोजना गरेको दसैं, तिहार तथा छटको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले गाउँपालिकाको सहयोगमा निर्माण भएको भवनको उद्घाटनको तयारी गर्न आग्रह गर्दै भवन संचालनको लागि आवश्यक पर्ने फर्निचर र साउन्ड सिस्टम सहयोग गर्ने बताए ।

रेडक्रस जिल्ला शाखालाई रगत व्यवस्थापनका लागि गाउँपालिकाले बर्सेनि सहयोग गर्दै आएको स्मरण गर्दै अध्यक्ष अधिकारीले तारकेश्वरवासी लगायतलाई आवश्यक पर्दा तत्काल रगत उपलब्ध हुने सुनिश्चित गर्न आग्रह गरे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया