तारकेश्वर गाउँपालिकाका अध्यक्ष अधिकारीद्वारा सचिवालय खारेज

विदुर खबर २०८२ असोज २२ गते १४:१८

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले आफ्नो सचिवालय खारेज गरेका छन् ।

Advertisement

आजैैदेखि लागू हुने गरी अध्यक्ष अधिकारीले अध्यक्षको सचिवालय खारेज गर्ने निर्णय गरेको बताए ।

उनले जनसम्पर्क र समन्वयको काम अब सिधै गाउँपालिका अध्यक्षको कार्यकक्षबाट गरिने समेत बताए ।

Advertisement

अधिकारीको सचिवालयमा हाल दुई जना कार्यरत थिए ।

प्रतिक्रिया