सुर्यगढीमा भिरबाट खसेर अधिकारीको मृत्यु
विदुर खबर
२०८२ असोज १५ गते २२:२६
नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर ३ सूर्यगढी डाँडामा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामशरण अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार बिहान करिब १०ः३० बजे अधिकारी बागेश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा बाटोबाट ६०–७० मिटर तल खसेका थिए ।
भिरबाट खस्दा टाउको र शरीरमा गम्भीर चोट लागेका अधिकारीलाई तत्काल उपचारका लागि त्रिशुली अस्पताल पुरÞ्याइएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया