नुवाकोटमा जेनजी आन्दोलनका मृतकको सम्झनामा दीप प्रज्वलन

नुवाकोट । जेन–जी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको सम्झनामा नुवाकोटमा बुधवार साँझ दीप प्रज्वलन गरिएको छ ।

जेन–जी युवाहरुले नुवाकोट आर्दश बहुमुखी क्याम्पस गेट अगाडी, विदुर चोक लगायतका स्थानमा भेला भएर मृत्यु भएका देशभरका शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् ।
राष्ट्रिय झण्डासहित भेला भएका जेन–जीहरुले अब देशमा आफूहरुको योगदानले शान्ति र समृद्धि हुनुपर्ने कामना गरे ।
उनीहरुले अब देशमा जेन–जीको आन्दोलनले ल्याएको परिवर्तनको मर्मलाई ध्यानमा राखेर राज्यका हरेक निकायले काम गर्न पनि सुल्झाउ ।
काठमाण्डौमा गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा नुवाकोटका दुई जनाको मृत्यु भएको थियो ।
आन्दोलनका क्रममा नुवाकोटका झण्डै एकदर्जनभन्दा बढी घाइते भएका थिए ।

यस्तै जेनजी आन्दोलनकै क्रमममा नुवाकोटमा विभिन्न राजनीतिक दलका कार्यालय र नेताहरुको घर समेत तोडफोड गरिनुका साथै आगजनी समेत गरिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया