नुवाकोटमा आजबाट निषेधाज्ञा हट्यो

विदुर खबर २०८२ भदौ २८ गते ९:२७

नुवाकोट । नुवाकोटमा आजबाट निषेधाज्ञा हटाइएको छ ।

Advertisement

गत सोमबारदेखि काठमाण्डौ उपत्यका लगायत देशभर भएको जेन–जी प्रदर्शन लगायतका घटना पश्चात जिल्ला सुरक्षा समितिले नुवाकोटमा घोषणा गरेको निषेधाज्ञा आज विहानबाट हटाइएको हो ।

प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले ज्यूबाट शुक्रवार विहानदेखी नुवाकोट जिल्ला भर लागू हुनेगरी जारी गरिएको निषेधाज्ञा आज बिहान ६ बजेदेखी हटाईएको बताइएको छ ।

Advertisement

हिजो राति नागरिक सरकार गठन भइसकेकोले अब सुरक्षा कमाण्ड नयाँ सरकारको जिम्मेवारी भएकोले निषेधाज्ञा हटाइएको विश्वास गरिएको छ ।

जिल्लामा आजबाट सबै व्यवसायहरु खोल्नुका साथै सार्वजनिक यातायात समेत सुचारु भएको छ ।

Advertisement

प्रतिक्रिया