नुवाकोटमा निजी विद्यालय सञ्चालकले निकाले बससहित र्याली
नुवाकोट । नुवाकोटमा निजी विद्यालय सञ्चालकहरूले स्कुल बसको र्याली निकालेका छन् ।

विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन गरेका हुन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् ।
यसैक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा नुवाकोटको विदुर र बट्टार बजार क्षेत्रमा र्याली निकालेका हुन् । उनीहरुको प्रदर्शनले अन्य यातायतका साधनलाई समस्या पारेको थियो ।
प्याब्सन विदुरका अध्यक्ष रामराजा कुमालले सरकारलाई दवाव दिन विरोधका कार्यक्रम आयोजना गरिएको बताए । र्याली गगटेबाट बट्टार हूँदै विदुरसम्म पुगेर समापन गरिएको थियो ।
र्यालीमा प्याब्सनका अध्यक्ष पुरुषोत्तम अधिकारी, विदुर प्याब्सनका अध्यक्ष रामराजा कुमालसहित प्याब्सनका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

उनीहरुले आफूहरुले उठाएका माग समबोधन नभए भदौं १८ गतेबाट विद्यालयको चावी सरकारलाई बुझाएर विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।
प्याब्सनसहित निजी विद्यालयका सञ्चालकहरु लगातार भदौं ९ गतेदेखि आन्दोलित रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया