नुवाकोटमा बाँदर धपाउन गएका नेपालीको मृत्यु
नुवाकोट । नुवाकोटको पन्चकन्यामा बाँदर धपाउन गएका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कविलासको ५८ वर्षिय गोकर्ण नेपाली रहेको बताइएको छ । नेपालीको बाँदर धपाउने क्रममा अर्धचेत भइ उपचारको लागि काठमाण्डौ लैजादै गर्दा बाटैमा मृत्यु भएको स्थानियले बताएका छन् ।
घटनापछि बाँदरले आक्रमण गरेको भन्ने अफवाह फैलिए पनि त्यस्तो पुष्टि नभएको नुवाकोटका प्रहरी प्रमुख दुर्गाराज रेग्मीले बताए । बारीमा बाँदर आयो कि भनेर हेर्न गएका रहेछन्, तर आक्रमण भने भएको होइन रेग्मीले भने ।
मृतक नेपालीको शरीरमा कुनै चोटपटक नदेखिएको र यसअघि उनलाई तीनपटकसम्म ‘माइनर हर्ट अट्याक’ भइसकेको बताइएको छ । उनमा उच्च रक्तचापको समस्या पनि रहेको वडा अध्यक्ष रामशरण श्रेष्ठले बताए ।
घटनास्थलमा नजिकैको कार्की टोलका स्थानीयले पनि मृतकलाई कराउँदै गरेको देखेका थिए । मृतककी श्रीमती पनि कराउँदै गरेको देखेपछि लौरो बोकेर बाँदर आक्रमण भएको शंका गर्दै पुगेका थिए ।
तर पुगेपछि शरीरमा कुनै चोटपटक नभएको र नेपाली अचेत अवस्थामा रहेको भेटिएको वडाध्यक्ष श्रेष्ठले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया