त्रिशूलीमा ‘तानाकिसी’ अर्थात् हात्ती जात्रा मनाइयो
विदुर खबर
२०८२ साउन २९ गते १२:५५

नुवाकोट । नुवाकोटको त्रिशूलीका स्थानीयले तानाकिसी अर्थात् हात्ती जात्रा मनाएका छन् ।

मङ्गलबार गाईजात्राको अवसरमा नाच नचाउने परम्पराअनुसार उक्त नाच नचाइएको हो । विविध पूजा आराधानसहित विशेष प्रकारले बनाइएको हात्तीलाई बाजागाँजासहित बजारको विभिन्न स्थानमा परिक्रमा गराइएको विदुर नगरपालिका वडा नम्बर १ का वडा सदस्य निजेश श्रेष्ठले बताए ।
त्यस्तै त्रिशूली विकास समुदायका सचिव प्रज्ज्वल सापकोटाले संस्कृति जोगाउन स्थानीय युवाहरुले तानाकिसी अर्थात् हात्ती जात्रा मनाउँदै आईरहेको बताए । उनले युवा पुस्तामा संस्कृति हस्तान्तरणका लागि पनि यस्ता जात्राहरु प्रभावकारी रहने बताए ।

Advertisement
पछिल्लो समय त्रिशुलीको तानाकिसी अर्थात् हात्ती जात्रा निकै प्रख्यात बन्दै गएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया