पिपलटारमा कारको ठक्करबाट एकजना घाइते
विदुर खबर
२०८२ साउन २५ गते २२:०४
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा कारको ठक्करबाट एक जना घाइते भएका छन् ।
घाइते हुनेमा तारकेश्वर गाउँपालिका वडा नम्बर ६ गोर्साङका ५७ वर्षीय धन बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाकारी दिएको छ ।

गंगटेबाट बेलकोटतर्फ गइरहेको कारले सडकको छेउमा हिँडिरहेको तामाङलाई ठक्कर दिएको स्थानियले बताएका छन् ।
कारको लाइट समेत नबलेको र साइट लाइट मात्र बाल्दै हिँड्दा तामाङले कार आएको नै नदेखेको बताइएको छ ।
घाइते तामाङको टाउँकोमा गम्भीर चोट लागेको बताइएको छ । उनको त्रिशुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
र्दुघटनापछि प्रहरीले कार र त्यसका चालक बेलकोटगढीका बद्री बस्नेतलाई नियन्त्रणमा लिएर अनुसनधान शुरु गरेको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया