जुवातास खेलेको आरोपमा नुवाकोटका एकजना पक्राउ

विदुर खबर २०८२ साउन ५ गते २२:३५

नुवाकोट । जुवातास खेलेको आरोपमा प्रहरीले नुवाकोटका एकसहित पाँच जनालाई पक्राउ गरेको छ

Advertisement

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का ४२ वर्षीय परशुराम श्रेष्ठ छन् ।

यस्तै पक्राउ पर्नै अन्यमा र्लाहीको लालबन्दी नगरपालिका–११ घर भएका ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे थिङ, काभ्रेको चौरी देउराली गाउँपालिका–३ घर भएका ४५ वर्षीय सोमबहादुर तामाङ, शंखरापुर नगरपालिका–१ का ४३ वर्षीय वाङ दोर्जे लामा, चन्द्रागिरी नगरपालिका–१३ नैकापका ५० वर्षीय अमिर राज थापा छन् ।

Advertisement

उनलाई प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको हो । ताहचलको एक घरमा जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरूको साथबाट १ लाख ३५ हजार ३ सय रुपैयाँ र २४ बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसुपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

Advertisement

प्रतिक्रिया