नुवाकोटका चार विद्यार्थीले ल्याए ४ जीपीए

विदुर खबर २०८२ असार १४ गते ७:०४

नुवाकोट । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा नुवाकोटका चार विद्यार्थीले उच्च ग्रेड प्राप्त गरेका छन् ।

Advertisement

शुक्रवार प्रकाशित नतिजा अनुसार गत वर्षको तुलनामा यो वर्ष जिल्लामा ४ जीपीए ल्याउनेको संख्या बढेको हो ।
साधारणतर्फ चार जनाले ४ जीपीए ल्याएका हुन् । जीपीए ल्याउने विद्यालयमा दुई ओटा सामुदायिक र दुई संस्थागत विद्यालयका छन् ।

४ जीपीए ल्याउनेमा किस्पाङ गाउँपालिका वडा नम्बर २ को ज्ञानज्योती माविका वसन्त भट्ट, विदुरको पृथ्वी माविका योगेश्वर आचार्य, बट्टारको अर्किड एकेडेमीका रोहित श्रेष्ठ र युनिभर्सल बोर्डिङ स्कुल तादी गाउँपालिका वडा नम्बर ५ का दिप्सन सुवेदी रहेका छन् ।

Advertisement

चैत ७ गतेदेखि १९ गतेसम्म भएको परीक्षामा नुवाकोटबाट ४ हजार ६ सय १३ जना परीक्षार्थीले एसइई परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख रामचन्द्र ईटनीले जानकारी दिए ।

प्रतिक्रिया