लेखा परीक्षण सम्बन्धी तालिम तथा अन्तरक्रिया सम्पन्न

विदुर खबर २०८२ असार ८ गते ७:०५

नुवाकोट । नुवाकोको विदुरमा नेपाल वित्तीय प्रतिवेदन मानक, नेपाल लेखा मानक र कर लेखा परीक्षण सम्बन्धी एक दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

विदुर कर परामर्श सेवाको आयोजनामा भएको कार्यक्रममा लेखामान बोर्डले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) २०२४ लागू गरेको यो नयाँ मानक २०८२ साउन १ गतेदेखि अनिवार्य रूपमा लागू हुँदैछ । उक्त मानकले बैंक, बीमा कम्पनी लगायतका संस्थाहरूको वित्तीय प्रतिवेदनमा पारदर्शिता र जवाफदेहिता बढाउने लक्ष्य राखेको छ ।

नुवाकोट र रसुवाका बैंक तथा वित्तीय संस्थामा कार्य गर्ने कर्मचारीहरुलाई सोहि मानकको जानकारी दिन कार्यक्रम आयोजना गरिएको निर्देशक दिनेशकुमार श्रेष्ठले बताए ।

Advertisement

ज्ञानको चौतारी र नुवाकोट बैंकर्स क्लब सहआयोजना भएको कार्यक्रममा कर विज्ञ प्रविणराज काफ्ले नेपाल वित्तीय प्रतिवेदन मानक, नेपाल लेखा मानक र कर लेखा परीक्षण सम्बन्धीबारे स्पष्ट परेका थिए ।

कार्यक्रम विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

Advertisement

कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका शाखा प्रबन्धक र ऋण विभागका १३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया