नुवाकोटको बेलकोटगढीका दाहाल पक्राउ
विदुर खबर
२०८२ जेठ २९ गते २१:१५
नुवाकोट । ५७ लाख बराबरको ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले नुवाकोटका एकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ का २९ वर्षीय अर्जुन दाहाल छन् भने अर्का एक जनामा भारतको बिहार सितामढीका ४३ वर्षीय अमितकुमार रको छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले ५६ लाख ९६ हजार ५९७ रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघातको कसुर गरेको आरोप छ ।
उनीहरूविरुद्ध २८ जेठ २०८१ मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया