ढिकुरेमा ईभीको ठक्करबाट बालक गम्भीर घाइते
विदुर खबर
२०८१ मंसिर २२ गते २१:५७

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर १ ढिकुरेमा विद्युतीय गाडी ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् ।
शनिबार दिउँसो ४ बजे वर्षीय पेम्बा दोर्जे लामालाई टोखा छहरे हुँदै त्रिशुली चल्ने बागमती प्रदेशको ०२५० नम्बरको विद्युतीय गाडीले ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते बालक लामाको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनको खुट्टामा गम्भीर चोट लागेको बताइएको छ ।
दुर्घटना पश्चात् स्थानीयले केहि समय बाटो अवरोध गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया