नुवाकोटको विदुरबाट लागूऔषधिसहित दुई जना पक्राउ
नुवाकोट । नुवाकोट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विदुर नगरपालिका-२ का २३ वर्षीय सन्दीप पाण्डे र विदुर-१२ का २६ वर्षीय राजकुमार रिमाल छन्। छहरे–टोखा–विदुर सडकखण्डअन्तर्गत लिखु गाउँपालिका-१ ढिकुरेस्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौबाट ढिकुरेतर्फ आउँदै गरेको बा प्र ०१–००५ ख ९५७४ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।
पाण्डेलाई शंकास्पद अवस्थामा गाडीको दायाँ साइडको अन्तिम सिटमा बसी रहेको अवस्थामा खानतलासी गर्दा झोलाभित्र रहेका ३ वटा प्लाष्टिकको झोलाभित्र तीन प्रकारका औषधिजन्य लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
उनको साथबाट डाइजेपाम इन्जेक्सन ८६ थान, वुप्रेनोर्फिन इन्जेक्सन ८९ थान र प्रोमेफाजिन इन्जेक्सन ८६ थान फेला परेको र पाण्डेलाई सोधपुछ गर्दा रिमालले काठमाडौंबाट विदुरसम्म ल्याउन लगाएको बताएपछि रिमाललाई समेत प्रहरीले पक्राउ गरेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु 





प्रतिक्रिया