त्रिशुली बजार जोड्ने पुल निर्माणको अन्तिम चरण्मा
नुवाकोट । त्रिशुली बजार जोड्ने नयाँ पुल निर्माणको अन्तिम चरण्मा पुगेको छ ।
विदुर नगरपालिका वडा नम्बर १ को धोबीखोला र त्रिशूली बजारस्थित नेपाल विद्युत् प्राधिकरण विद्युत्गृह प्रवेशद्वार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको पक्की पुल असारसम्ममा सञ्चालन गर्ने गरी तीव्र रूपमा काम भइरहेको हो ।
जिल्लाकै पहिलो जलविद्युत् परियोजना त्रिशूली जलविद्युत् केन्द्र निर्माणका क्रममा ०२० सालमा बनेको पुल जीर्ण भएपछि सँगै नयाँ पुल निर्माण भइरहेको हो । ६ दशकअघि जलविद्युत् केन्द्रका लागि निर्माण सामग्री ओसारपसार गर्न बनेको पुल अहिले जीर्ण र कुनै पनि समय दुर्घटना हुन सक्ने अवस्थामा रहेको स्थानीय समाजसेवी कुलबहादुर खड्गीले बताए ।
पुरानो पुल अत्यधिक भारवहन र समयक्रमसँगै जीर्ण भएर दुर्घटनाको जोखिम बढेपछि त्यसलाई यथावत् राखेर नजिकै नयाँ पुल निर्माण भइरहेको विदुर १ का वडाध्यक्ष लेनिन रञ्जितले जानकारी दिए । नयाँ पुलको निर्माणपछि दुर्घटनाको जोखिम हट्नाका साथै साँघु बजार’ क्षेत्रमा आवागमनमा सहज हुनेसमेत देखिएको छ ।
करिब ८ करोड रुपैयाँको लागतमा निर्माणाधीन पुलको लम्बाई ६० मिटर छ भने ११ मिटर चौडा रहेको छ । दोहोरो लेनको उक्त नयाँ पुल बक्स कडर प्रिस्टेस प्रविधिमा निर्माण भइरहेको हो ।
डिजाइन एन्ड बिल्ड मोडलमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको पुल महाशाखा काठमाडौंअन्तर्गत सेक्टर– २, ललितपुरका संयोजनमा निर्माण भइरहेको छ ।
आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी ०७९ सालदेखि निर्माण थालिएको सो पुलको हाल ९५ प्रतिशत निर्माण पूरा भइसकेको निर्माण कम्पनी हिमडुब एन्ड थोकर÷गणेशकुण्ड निर्माण कम्पनी जेभीका राजेन्द्र थपलियाले जानकारी दिए ।
नयाँ पुल निर्माण सम्पन्न भएको छ, यसबाट त्रिशूलीबजार क्षेत्रको ट्राफिक जामको समस्या कम हुने अपेक्षा छ,’ स्थानीयवासी नरेश जोशीले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया