विदुर खानेपानीको डिहीगाउँ–धैबुङटोलमा खानेपानी सुरक्षा समुह गठन
नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विदुर नगरपालिका वडा नम्बर ६ को डिहीगाउँ–धैबुङटोलमा खानेपानी सुरक्षा समुह गठन गरेको छ ।
शनिवार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुले स्थानियहरुसँग छलmफल गरेर खानेपानीको पाइपको सुरक्षा, मिटरको दुरुपयोग हुन नदिन खानेपानी सुरक्षा समुह गठन गरेको हो ।
भेलाले रामहरी घिमिरेको नेतृत्वमा ९ सदस्यीय डिहीगाउँ–धैबुङटोल खानेपानी सुरक्षा समुह गठन गरेको हो । यस्तै समुहको सचिवमा रामभत्त पौडेल, कोषाध्यक्षमा संगिता कोइराला रहेका छन् । त्यस्तै सदस्यहरू सरिता लामिछाने, सिर्जना लामिछाने , कृष्णकुमारी दवाडी, लालमाया तमाङ, चेतबहादुर न्यौपाने र अन्जु ठकुरी रहेका छन् ।
गठन गरिएको सुरक्षा समितिले आफ्नो समुदायमा रहेको पानीको पाइपको संरक्षण गर्ने तथा पानीको दुरुप्रयोग हुन नदिने काम गर्ने विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष संजीव श्रेष्ठले जानकारी दिए ।
उनले विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पदाधिकारी र कर्मचारीहरुबाट मात्र पानी र पाईपको सुरक्षा हुन नसक्ने भएकोले टोलटोलमा खानेपानी सुरक्षा समुह गठन गरिएको बताए । विस्तारै अन्य स्थानमा समेतसमुह गठन गर्ने तयारी गरेका छौ श्रेष्ठले विदुर खवरसँग भने ।
विदुर खानेपानी उपभोत्ता संस्थाले विदुर नगरपालिकाको वडा नम्बर– १, २, ४, ५, ६, ८ र ९ को सातैवटा वडाको चार हजार पाँच सय घरधुरीका २५ हजार जनसङ्ख्यालाई खानेपानी सेवा पु¥याउँदै आइरहेको छ ।
सम्बन्धित समाचार
खानेपानी सुरक्षा समुह गठन गर्दै विदुर खानेपानी उपभोक्ता संस्था
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया