काठमाण्डौ-त्रिशुली चल्ने ईभीको भाडा घट्यो
नुवाकोट । काठमाण्डौ–त्रिशुली भएर चल्ने ईभी माईक्रो वसको भाडा घट्ने भएको छ ।
नुवाकोटमा रहेका विभिन्न यातायात समितिले बिहिबार २० गते देखि लागुहुने गरि भाडा घटाउने बताएका हुन् ।यातायात व्यवसायीहरुले भाडा २० रुपैयाँ घटाएर ३३० रुपैयाँ कायम गरेका छन् ।
टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीका अनुसार ईभी माईक्रोको भाडा तीन सय ३० रुपैयाँ कायम गरिएको छ । यात्रुहरुको माग र सरोकारवालाहरुको आग्रह अनुसार ईभी माइक्रोको भाडा घटाएको उनले बताए ।
यस्तै जिल्लामा रहेको अन्य यातायात समितिद्धारा संचालित ईभी माइक्रोहरुले पनि २० गते बिहिबार देखि भाडा घटाउने बताएका छन् ।
यसअघि ईभी माईक्रोको भाडा ३ सय ५० रुपैयाँ कायम गरिएको थियो ।
सरकारले ईभी गाडीको भाडा निर्धारण नगरेको कारण यातायात व्यवसायीहरुले ईभीको भाडा आफु्खुशी लिँदै आएका छन् ।
नुवाकोटमा टिमुरे यातायात प्रा.ली, नमस्ते पासाङल्हामु यातायात प्रा.ली र नेपाल माइक्रोवस कम्पनि प्रालिले ईभी माइक्रो संचालन गरिरहका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया