प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटघाट,जनवर्गीय सङ्गठनको एकताका विषयमा छलफल

काठमाडौँ भदौ २५, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पार्टीको जनवर्गीय सङ्गठनको एकताको विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीको जनवर्गीय सङ्गठन, प्रदेश र जिल्ला समितिको एकताको विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । भेटघाटमा एकता प्रक्रियालाई पूर्णता दिन यही भदौ २७ गते पार्टी सचिवालयको बैठक बोलाउने सहमति भएको छ । सचिवालयको बैठकले आवश्यक निर्णय लिने र एकता प्रक्रियालाई पूर्णता दिने विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली तथा अर्का अध्यक्ष दाहालबीच छलफल भएको हो ।
सो अवसरमा अध्यक्ष दाहालको चारदिने भारत भ्रमणका विषयमा समेत छलफल भएको थियो । समग्रमा राजनीतिक विषयभन्दा पनि विकासनिर्माण एवं आर्थिक समृद्धिको लक्ष्यमा अगाडि बढ्नका लागि भ्रमण फलदायी रहेको निष्कर्ष निकालिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 













बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन





प्रतिक्रिया