लायन्स क्लब अफ नुवाकोट क्यापिटलको रक्तदान कार्यक्रम सम्पन्न
विदुर खबर
२०७८ भदौ ५ गते १९:०८
नुवाकोट । बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेका बेला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
लायन्स क्लब अफ नुवाकोट क्यापिटलको आयोजनामा आज बट्टारमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा २६ भन्दा बढी व्यक्तिले रक्तदान गरेको क्लवका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समय नुवाकोट लगायत देशभर रगत अभाव भइरहेका बेला नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न आम नागरिकलाई आह्वानसमेत गरेको छ । रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सुवास श्रेष्ठले बताए ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का क्लस्टर चिफ अनुज कुमार श्रेष्ठ, लायन्स मोडल भिलेज नुवाकोटका प्रमुख श्रीकृष्ण रिजाल, डिस्ट्रिक एडभाईजर राजु अमात्य लगायतको उपस्थिति रहेको रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया