विदुर नगरपालिकाको १३ वट्टै वडामा कांग्रेसको प्रर्दशन

विदुर खबर २०७८ साउन २२ गते २१:५९

नुवाकोट । नेपाली कांग्रेस विदुर नगर कमिटिले आज विदुर नगरपालिकाको १३ वट्टै वडामा विरोध प्रर्दशन गरेको छ ।

Advertisement

कांग्रेसले नगरपालिकाका मेयर सञ्जु पण्डितले बहुमतको नाममा आतंक मच्चाएको तथा भ्रष्टाचारकाविरुद्ध आवाज उठाई नगरपालिकाका कार्यकारी अधिकृत, लेखा र कृषी शाखामा ताला लगाउने क्रममा नगर प्रहरीबाट दमन भएको तथा मेयर पण्डितको निर्देशनमा नगरप्रहरी समेतले वडाअध्यक्षहरुमाथि नयोजित रुपमा भएको हातपातको विरोधमा नगरपालिकाको सबै वडामा प्रर्दशन गरेको नेपाली कांग्रेस नुवाकोटका सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिए ।

यसअघि गएको सोमवार विदुर नगरपालिका वडा नम्बर १३ फलफुल पकेट क्षेत्रमा व्यापक भष्ट्रचार भएको भन्दै कांग्रेसले नगरपालिका घेर्न जाँदा प्रहरी र कांग्रेसका नेता तथा कार्यकर्ताविच झडप भएको थियो । झडपमा कांग्रेस २ जना र ३ जना प्रहरी घाईते भएका थिए ।

Advertisement

वडामा गरिएको प्रर्दशनमा सहभागि भएकाहश्रले नगरपालिकामा व्यापक भ्रष्ट्राचार भएकोले त्यसको छानविन हुनुपर्ने माग गरेका थिए ।

झडपपछि कांग्रेसका कार्यकर्ताहरु आक्रोशित हुँदै नगरपालिका तोडफोड गरेका थिए । तोडफोड पछि नगरपालिकामा एक लाख रुपैया बराबरको क्षति भएको विदुर नगरपालिकाले जानकारी दिएको छ ।

Advertisement

तोडफोडमा संलग्न भएको भन्दै २४ जनाविरुद्ध नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी दर्ता गराएको छ ।

 

प्रतिक्रिया