नुवाकोटको तारकेश्वरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
विदुर खबर
२०८० मंसिर १३ गते २०:१७
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य रामकाजी थापाले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।
बुधवार थापाले वडा नम्बर ४ मा रहेको विभिन्न विद्यालयका २ सय ८० जना विद्यार्थीहरुलाई न्यानो कपडा अर्थात ट्रयाक सुट वितरण गरेका हुन् ।
सरस्वती आधारभुत विद्यालय, चण्डि माध्यामिक विद्यालय र अन्नपुर्ण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट उपलब्ध गराइएको वडासदस्य खड्काले विदुर खबरलाई जानकारी दिए ।
थापा लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएका छन् । उनलाई उक्त सामाजिक कार्यक्रममा लक्ष्मी फाउन्डेसनले सहयोग गर्दै आइरहेको छ ।
वडा सदस्यमा निर्वाचित भइसके पछि थापाले वडाभित्र रहेका विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति वितरणको गर्नुको साथै वडामा रहेका असहाय र गरिवहरुको लागि खाद्यान्न सहयोग समेत गरेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया