नुवाकोटको तारकेश्वरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

विदुर खबर २०८० मंसिर १३ गते २०:१७

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य रामकाजी थापाले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।

Advertisement

बुधवार थापाले वडा नम्बर ४ मा रहेको विभिन्न विद्यालयका २ सय ८० जना विद्यार्थीहरुलाई न्यानो कपडा अर्थात ट्रयाक सुट वितरण गरेका हुन् ।

सरस्वती आधारभुत विद्यालय, चण्डि माध्यामिक विद्यालय र अन्नपुर्ण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट उपलब्ध गराइएको वडासदस्य खड्काले विदुर खबरलाई जानकारी दिए ।

Advertisement

थापा लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएका छन् । उनलाई उक्त सामाजिक कार्यक्रममा लक्ष्मी फाउन्डेसनले सहयोग गर्दै आइरहेको छ ।

वडा सदस्यमा निर्वाचित भइसके पछि थापाले वडाभित्र रहेका विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति वितरणको गर्नुको साथै वडामा रहेका असहाय र गरिवहरुको लागि खाद्यान्न सहयोग समेत गरेका थिए ।

Advertisement

प्रतिक्रिया