बट्टारमा आईचर र मोटरसाईकल ठोक्किँदा एक जना गम्भीर घाइते

विदुर खबर २०८२ असोज २२ गते १२:२३

नुवाकोट । नुवाकोटको विदुर ४ बट्टार घण्टाघरमा मोटरसाईकल र आईचर एक आपसमा ठोक्किँदा एक जना गम्भीर घाईते भएका छन् ।

Advertisement

बुधबार बिहान करिब १०ः३० बजे हावाघर–संगमचोक सडक खण्डमा ग १ ख ९९३५ नम्बरको आईचरले बा ६५ प ५०४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक गम्भीर घाइते भएका हुन् ।

दुर्घटनामा विदुर नगरपालिका वडा नम्बर १२ का मोटरसाइकल चालक अनिस अधिकारी घाइते भएका छन् । उनलाई उपचारका लागि त्रिशुली अस्पताल, नुवाकोट पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

र्दुघटनापछि प्रहरीले तारकेश्पर गाउँपवालिका वडा नम्बर १ घर भएका आईचर चालक राधाकृष्ण घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया