किस्पाङ पोखरीको सरसफाइ गरियो

विदुर खबर २०८२ असोज २० गते १६:३७

नुवाकोट । ऐतिहासिक,धर्मिक र पर्यटकीयस्थल किस्पाङ पोखरीको सरसफाइ गरिएको छ ।

Advertisement

समृद्ध किस्पाङ समूहको आयोजनामा“समृद्ध किस्पाङ हाम्रो चाहना” भन्ने मूल नाराका साथ आइतबार समृद्ध किस्पाङ समूहको आयोजनामा किस्पाङ पोखरी सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

किस्पाङ गाउँपालिकाको नामकरण नै यसै ऐतिहासिक स्थलबाट भएको हो। यो स्थल केवल ऐतिहासिक मात्र नभई अन्तरिक पर्यटनका दृष्टिले पनि निकै प्रसिद्ध छ। साथै, बाह्य पर्यटनको पनि ठूलो सम्भावना बोकेको यो स्थान स्थानीय सरकार र सम्बन्धित निकायहरूको संरक्षणको दृष्टिबाट लामो समयसम्म बेवास्ता गरिएको थियो ।

Advertisement

समृद्ध किस्पाङले २०७५ सालदेखि नै समाजमा चेतनामूलक कार्यक्रम, विपतका बेला राहत वितरण, आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, विद्यार्थीहरूको प्रतिभा विकासका कार्यक्रम, र सामाजिक सञ्जालमार्फत पर्यटन प्रवद्र्धनजस्ता विविध सामाजिक कार्यहरू गर्दै आएको छ ।

सरसफाइ कार्यक्रममा कुल १८ जना सहभागी रहेका थिए । सरसफाईबाट करिब दुई बोरा भन्दा बढी प्लास्टिकजन्य फोहर, आधा बोरा बियरका बोतलहरू, र अन्य फोहर संकलन गरिएको थियो ।

Advertisement

हालसालै निर्माण भएका गुरु रेन्पोछे र शिव मन्दिर वरिपरि सरसफाइ र संरक्षणको अभाव देखिएको स्थानियले बताएका छन् ।
पर्यटन, इतिहास र धार्मिक दृष्टिले सम्पन्न किस्पाङको अवस्थालाईसरसफाइ अभियानले केही हदसम्म राहत दिएको सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया