शीर्ष नेताले बाटो प्रशस्त गर्नु पहिलो कदम : बिन्दा पाण्डे
नुवाकोट । नेकपा एमालेकी नेता बिन्दा पाण्डेले जेनजीको आक्रोश समीक्षा गर्दै ठूला दलका शीर्ष नेताले बाटो प्रशस्त गर्नु पहिलो कदम हुने बताएकी छन् ।

जेनजी आन्दोलनले उठान गरेका विषय र उनीहरुको भावना बुझ्न हरेकले आफ्नो परिवार, आफन्त र छिमेकका त्यही समूहका युवाहरुको कुरा धैर्यतापूर्वक सुने मात्र पनि पुग्छ’ पाण्डेले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यस सन्दर्भमा राजनीतिक नेतृत्व सबैभन्दा बढी विवेकी बन्नु आजको आवश्यकता हो ।’
यस अन्तर्गतको पहिलो कदम ठूला दलका शीर्ष नेताले बाटो प्रशस्त गर्नुपर्ने उनको धारणा छ । ‘उनीहरुको भावनाको सम्वोधन: ठूला दलका शीर्ष नेताप्रति उनीहरुको आक्रोशको समीक्षा गरी बाटो प्रशस्त पहिलो कदम हुनेछ,’ पाण्डेले लेखेकी छन् ।

बाँकी नेतृत्वले पनि आफू, आफू संलग्न पद र संस्थाको गहन समीक्षा गरेर नीति, विधि, नेतृत्वको रुपान्तरणसहित आमनागरिक बिच सहज स्वीकार्य बन्ने काममा ढिलाइ गर्न नहुने उनको सुझाव छ ।
सुशासनका वाधकहरुको पहिचान गर्दै आवश्यक कारबाहीको निरन्तर प्रक्रिया नै आमरुपमा लिनुपर्ने बाटो भएको उनको बुझाइ छ । उनी लेख्छिन्, ‘यसका लागि पहिलो पुस्ताको बिदाइ, अनि जेन–वाई र जेडलाई अग्रस्थानमा राखेर जेन–एक्सको मेन्टरिङको भूमिका स्थापित गर्दै अगाडि बढ्ने विषय अबको कामको केन्द्रबिन्दु बन्नु जरुरी छ ।’
युवाहरुको बुझाइ परिपक्व छ भन्ने कुरा देखिसकिएको उल्लेख गर्दै उनी थप्छिन्, ‘जिम्मेवारीमा सक्षम र कुशल बनाउने काम हाम्रो पुस्ताको पनि हो ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया