बट्टारमा ‘सुनिल युनिसेक्स’ सैलुन खुल्यो

विदुर खबर २०८२ भदौ ३० गते १५:०१

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ दम्कीमा महिला र पुरुष दुवैलाई सेवा दिने सैलुन सञ्चालनमा आएको छ ।

Advertisement

बट्टार वसपार्क छिर्ने गेटअगाडी सुनिल ठाकुरले सुनिल युनिसेक्स सैलुन ब्युटी स्टुडियो एकेडेमी नाम गरेको सैलुन सञ्चालनमा ल्याएका हुन् ।

सुनिल युनिसेक्स सैलुन ब्युटी स्टुडियो एकेडेमीमा महिला पुरुष दुवै जनाले सेवा पाउने छन् । त्यस बाहेक ब्यूटिसियन सम्बन्धि सम्पूर्ण तालिम र नेल पेन्टिङ सिक्नेहरुको लागि पनि एकेडेमी खोलिएको ब्यूटिसियन तथा युनिसेक्स सैलुनका संचालक सुनिल ठाकुरले जानकारी दिए ।

Advertisement

त्यस्तै सैनुल सम्बन्धी विविध सिप सिकेर विदेश जानेहरुको लागि समेत तालिम दिइने ृउनले बताए । बैदेशीक रोजगारीमा पछिल्लो समय दक्ष जनशक्तिको माग बढीरहेको छ । जसमध्ये ब्युटीपार्लर समबन्धी ज्ञान भएका युवाहरुको माग बढीरहेकोले त्यस्ता युवाहरु आफ्नो प्राथमितामा पर्ने उनले बताए ।

सैलुन संचालनको अवसर पारेर तथा दशै तिहारमा ग्राहकहरुलाई २५ प्रतिसम्म छुट दिने उनले बताए ।

Advertisement

विशेषगरी कपाल काट्ने, रंगरोगन, स्याहारदेखि फेसियल, मेकअप (साधारण र बेहुला–बेहुली), छाला तथा नङ स्याहार लगायतका सेवा युनिसेक्सले दिने बताइएको छ ।

त्यस्तै दशैको लागि क्येराटीन स्ट्रेटमा २५ सय, बोटक्समा तीनहजार र नानो प्लाष्टिकमा ३५ सय मात्र रहेको ठाकुरले बताए ।
विगत १० वर्षदेखि सैलुन व्यवसायमा संलग्न भएका उनले नुवाकोटमा आफ्ना लक्षित ग्राहक रहेकोले धेरै लगानी गरेर सैलुन संचालन गरेको बताए ।

ठाकुरले एक पटक आफुलाई सेवा नि सबैसँग आग्रह गरेका छन् ।

यो समाचार होइन विज्ञापन समाचार हो ।

प्रतिक्रिया