नुवाकाेटमा कर्फ्यु आदेश जारी

विदुर खबर २०८२ भदौ २५ गते १७:०८

नुवाकाेट । नुवाकाेटमा कर्फ्यु आदेश जारी भएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय नुवाकाेटले सूचना निकालेर जिल्लाभर कर्फ्यु आदेश जारी भएको जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जारी गरेको सूचनामा आज भदौ २५ गते बेलुका ५ बजेदेखि भाेलि विहान ६ बजेसम्म लागु हुनेगरि जिल्लाको सबै सीमा क्षेत्रभित्र कर्फ्यु लगाइएको उल्लेख छ ।

Advertisement

कर्फ्यु अवधिभर आउजाउ गर्न, भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाइने सूचनामा उल्लेख छ ।

कर्फ्युकाे समयमा अत्यावश्यक सवारीसाधन भने चल्न दिइने बताइएकाे छ ।

Advertisement

जेनजी प्रदर्शनको क्रममा तोडफोड, आगजनी, लुटपाट र आक्रमणका घटना भएपछि नेपाली सेनाले पनि देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ ।

प्रतिक्रिया