आगजनी पीडित श्रेष्ठलाई उद्योग बाणिज्य संघको सहयोग
नुवाकोट । नुवाकोट उद्योग बाणिज्य संघले विदुर नगरपालिका वडा नम्बर १ मा रहेकाे श्रेष्ठ हाेटलका संचालकलाई आर्थिक सहयोग गरेको छ ।

संघले न्यू श्रेष्ठ होटेलका संचालकलाई सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग उपलब्ध गराएकाे हो । संघको कार्यालय विदुरमा आयोजित कार्यक्रममा होटेल सन्चालक नवराज श्रेष्ठलाई संघका पदाधिकारीहरुले २० हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।
श्रेष्ठ होटेलमा गत साउन ७ गते आगजनी भई सामग्रीहरुका साथै धनमाल जलेर नष्ट भएको थियो ।
यस्तै संघले बेलकोटगढी नगरपालिकाका ४ जना अलैंची किसानहरुलाई अलैँची सुकाउने उपकरण समेत (ड्रायर) प्रदान गरेको छ । शुक्रबार चार जना अलैँची किसान व्यवसायीलाई अलैँची सुकाउने उपकरण हस्तान्तरण गरेको हो ।
सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतका संघका पदाधिकारीले संस्थामा आबद्ध चार अलैँची व्यवसायीको माग अनुसार सहजताको लागि अलैँची सुकाउने उपकरण (भट्टि सेट) हस्तान्तरण गरेका हुन् ।
प्रति थान कुल ६० हजार पर्ने उक्त उपकरणले अलैँची प्रशोधनमा सहज हुनुुको साथै उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । किसानहरुले उक्त उन्नत प्रविधि अपनाउँदा अलैंचीको उत्पादन बढाउन सकिने र अलैँची किसान यान्त्रिकीकरणतर्फ आकर्षित भएको संघका प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले वताए ।
कार्यक्रममा बेलकोटगढी नगरपालिका–११ का चिनीमाया तामाङ (केएस अलैची तथा फलफुल फर्म), गुणबहादुर तामाङ (बिन कृषि तथा पशुपंक्षी फर्म), सुरेश तामाङ (डेरी टोल कृषि फर्म) र सुकबहादुर तामाङ (अलैची कृषि तथा पशुपंक्षी फर्म) लाई एक÷एक थान अलैँची सुकाउने सेट (भट्टि) हस्तान्तरण गरिएको छ ।
संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, पुर्ब अध्यक्ष शरणउत्सुक सापकोटा, वरिष्ठ उपाध्यक्ष सन्तोस उप्रेती, प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, द्वितिय उपाध्यक्ष सबिनराज राजभण्डारी, कोषाध्यक्ष मेघनाथ घिमिरेलगायतले किसानहरुलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया