साउन लागेसँगै दुप्चेश्वरमा बढे भक्तजन
नुवाकोट । साउन लागेसँगै नुवाकोटको दुप्चेश्वर महादेवको मन्दिरमा दैनिक रूपमा भक्तजनहरू आउने क्रम बढी रहेको छ ।

पशुपतिनाथको पर्यायको रूपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायातको सहजतासँगै भक्तजनहरू आउने क्रमसमेत बढिरहेको छ । यातायातको सहजतासँगै दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित करेजुङको ठुलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा साउनको पहिलो शनिवार मात्र एकै दिन झन्डै साँढे एक लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । भक्तजनहरू बढेका कारण भेटी सङ्कलन पनि बढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।
दुप्चेश्वरमा शनिवार एक लाख ३३ हजार आठ सय ८६ रुपैयाँ भेटी सङ्कलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्दिरमा मध्यान्ह आरतीको ५६ हजार चार सय ४० रुपैयाँ र क्युआर मार्फत एक हजार रुपैयाँ भेटी सङ्कलन भएको छ ।
दुप्चेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे गणना गर्ने कार्य भइरहेको छ । श्रेष्ठका अनुसार पछिल्लो समयदेखि मन्दिरमा आउने भक्तजनको उपस्थिति बढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय क्रियाशील रहेको बताउनुभयो ।

यातायात र बाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो । हिन्दु र बौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरू आउने क्रममा बढोत्तरी भएसगै भेटी सङ्कलन कार्य बढिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया