लाखे नाच संरक्षणमा विदुरको अभियान
नुवाकोट। विदुर नगरपालिकामा लाखे नाच संरक्षण अभियान सञ्चालन गरिएको छ ।

लाखे नाच प्रदर्शनका लागि वाद्यवादनलगायतका आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको छ । “हाम्रो संस्कृति हाम्रो परम्परा, हाम्रो संस्कार हाम्रो धरोहर भन्ने नाराका साथ विदुर नपाले विदुर नपा ८ बगुवा बजारमा सदियौँ देखि चल्दै आएको लाखे नाच संरक्षणका लागि विविध सामग्रीहरू प्रदान गरेको हो ।
विदुर नपाका मेयर राजन श्रेष्ठले ती सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो । उहाँले स्थानीय पहिचान, कला, संस्कृतिको संरक्षण र सम्वद्र्धनमा विदुर नपाले विशेष सक्रियता अपनाएको बताउनुभयो । उहाँले स्थानीय परम्परा र संस्कृति विदुर नपाको पहिचान भएको र यसको संरक्षणका लागि वाद्यवादनका साथै आवश्यक सामग्रीहरू प्रदान गरिएको बताउनुभयो ।

आवश्यक पाँच प्रकारका बाजागाजा र अन्य सरसामान हस्तान्तरण कार्यक्रममा मेयर श्रेष्ठका साथै विदुर ८ का वडाध्यक्ष कमल श्रेष्ठ, वडा सदस्य श्रीकृष्ण रिजाल, लाखे नाच संरक्षण समिति, सरोकारवाला तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया