नुवाकोटमा नक्कली नोटसहित दुई जना पक्राउ
नुवाकोट । नुवाकोट प्रहरीले दुप्चेश्वर गाउँपालिकाबाट एक हजार दरका ९३ थान नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार केही किशोरहरूले नक्कली नोट लिएर हिँडेको सूचनाका आधारमा खटिएको प्रहरीले नक्कली नोट बनाउन संलग्न दुई जनालाई पक्राउ गरेको हो ।
दुप्चेश्वर गाउँपालिका-६ स्थित रामती बजारमा यही मङ्गलबार किनमेल गर्न नक्कली नोट बोकेर हिँडेका ती किशोरहरूसँग गरिएको अनुसन्धानका क्रममा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दुप्चेश्वर-७ का ४२ वर्षीय नरबहादुर तामाङ र ४८ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । प्रहरीको अनुसार उनीहरूले एक हजार दरका नक्कली नोट बनाएर बच्चा र गाउँमा चलनचल्तीमार्फत प्रयोगमा ल्याउने गरेको पाइएको छ ।
बजारमा सामाग्री खरिद गर्न आएका बालकहरूको साथबाट रु एक हजार दरका ६९ थान र पक्राउ परेका व्यक्तिको घरमा खोजतलास गर्दा थप २४ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

“उनीहरूले लामो समयदेखि नक्कली नोट बनाएर प्रयोगमा ल्याउने गरेको पाइएको छ”, प्रहरी नायब उपरीक्षक लामाले भन्नुभयो, “संलग्न अन्य व्यक्ति र प्रयोग भएका उपकरणको खोजी भइरहेको छ ।”

पक्राउ परेकालाई प्रहरीले आज जिल्ला अदालत नुवाकोटबाट ‘खोटा मुद्रासम्बन्धी कसुर’मा कारबाहीका लागि अनुसन्धान गर्न सात दिनको म्याद लिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया